लुम्बिनी प्रदेश सरकार

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

घरेलु तथा साना उद्योग कार्यालय

घोराही, दाङ

  यस कार्यालयको स्थापना वि.स. २०३९ सालमा भएको हो। स्थापना भए पश्‍चात लघु घरेलु र कम पूँजी भएका साना उद्योगको प्रशासनिक कार्य गर्ने गरेकोमा २०६३ साल वैशाख महिना देखि वाणिज्य प्रशासनको समेत कार्य थप भएको हो । हाल कार्यालयले रु.५ (पाँच) करोडसम्म पूँजी रहेका साना उद्योग प्रशासनिक कार्य र रु.२ (दुई) करोडसम्म पुँजी रहेका वाणिज्य फर्मको प्रशासनिक कार्य गर्दै आएको छ।